रामएकवाल साह ,राैतहट,जेठ ३२
बालविवाह न्युनिकरण कम गर्ने छाेरीको विवाह २० वर्षभन्दा माथि गर्ने ११० जना अभिभावकहरूलाई दुर्गाभगवती गाउँ पालिकाका अध्यक्ष शम्भुकुमार सिंहले सम्मानित गर्नु भएको छ। नेपाल सरकारको सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य लिए अनुसार दुर्गाभगवती गाउँपालिकाले बालविवाह न्युनिकरणका लागि यो कार्यकम आयोजना गरेको हो। कार्यक्रममा २८ जना दलित अभिभावकलाई सम्मानसँगै ११ हजार नगद सहयोग पनि गरिएको थियो। दुर्गाभगवती गाउँपालिका मा रहेका पाँच वटै वडामा बालविवाह कम गर्नलाई आफ्ना आफ्ना वडामा सक्रिय रूपमा रही काम गरेका र अत्यन्त कम बालविवाह भएका पाँच वडाका अध्यक्षहरूलाई पनि सम्मानित गरिएको थियो। बालविवाह कम गर्नमा सबै जात जातीमा साेच परिवर्तन भए तर नगद सम्मानितमा दलित ले मात्र पाएकाेमा जनजाति का शम्भु कुमार कापड र बाहुन जातीका कृष्णकान्त झाले नगद न पाएकाेमा गुनासो पाेख्नुभयाे। याे बालविवाह कार्यक्रम राैतहट जिल्लाकाे १८ पालिका मध्ये दुईवटा पालिका एक राजपुर नगरपालिका र दुर्गा भगवती गाउपालिकामा मात्रलागु भएकाे हाे। दुर्गाभगवतीगाउपालिकाका फाेकल पर्सन उबरसी साह कार्यक्रम सचालन गर्नुभएको थियो ।