रामएकवाल साह/ रौतहट/ भदौं १९ /
मानवतालाई जीवित राखौं नाराका साथ नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले आफ्ना ६२ आंै स्थापना दिवस सरुअठा विद्यालयमा मनाएका छन । दिवसको अवसरमा २४ औं जिल्ला स्तरीय नेपाल जुनियर तथा युवा रेडक्रस गोष्ठी भाद्र १८ र १९ गते यस जिल्लामा रहेका ३६ वटा सामुदायिक विद्यालयहरुबाट तीन जना छात्र÷छात्रा र शिक्षक प्रतिनिधि र जिल्ला कार्य समितिका पदाधिकारी संगै दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा यमुनामाई गाउँपालिका वडा नं.४ मा पर्ने विद्यालयका अतिथ्यता जनता माध्यमिक विद्यालय सरुअठाका प्र.अ.उपेन्द्र यादब र आयोजक नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादबले साधन श्रोत र जनशक्तिको आधारमा बाढीपीडित, आगलगी र चिसो समयमा न्यानो कपडा र गरीब परिवारलाई राहत स्वरुप सहयोग गर्दै आइरहेको बताए । प्रमुख अतिथि मधेश प्रदेशका सभापति फुल महम्मद मियाँले मधेश प्रदेशका ८ जिल्लामा जुनियर तथा युवा सर्कलमा ६०० हराहरीमा सदस्य रहेको बालबालिका भविष्यको कार्यधार र मावनता क्षेत्रमा काम गर्ने उतुस्ता जनाई रहेका छन । यो संस्थाले विपतमा परेको बेलामा सहयोग गर्ने संस्था हो । यस्तै यमुनामाई गाउँपालिकाका उपप्रमुखले विपद् व्यवस्थापन म आफ्नो कार्यालयबाट सहयोग हुने बताए । मधेश प्रदेशका सभापति फुलमहम्द मियाँले मधेश प्रदेशमा रहेका आठ जिल्लाका लागि भरपुर सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । एक दिने प्रशिक्षक कार्यक्रममा विद्यालयबाट आएका प्रतिनिधिहरुलाई रेडक्रसको बारेमा परिचयात्मक गराउनु भयो । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भयो सो दिवसमा यमुनामाई गाउँपालिकाका प्र.प्र.अ.राम श्रेष्ठ यादब, वडा नं.२ वडा अध्यक्ष सिताराम यादब, वडा नं.४ का वडा अध्यक्ष असीवनी उर्फ चेतन यादब, मा.वि.भेडियाहीका व्य.स.अध्यक्ष लालबाबु यादब, समाजसेवी धन्जय मिश्र,उद्योग वाणिज्य संघका फोकल पर्सन एव रेडक्रस सहकर्मी हेमन्त राय यादब, कोषाध्यक्ष एव मधेश प्रदेश सदस्य रामआधार प्रसाद यादब, उप कोषाध्यक्ष शेख केैमुदिन, शिक्षा शाखा प्रमुख सन्तोष सिंह, स्वास्थ्य शाखा सुधिर सिंह, प्रमुख स्थानीय संचारकर्मीको समेत उपस्थिति रहेको थियो । सो कार्यक्रम रेडक्रसका उपाध्यक्ष निलु झा, मन्त्री धर्मेन्द्र प्रसाद सिंह, उपमन्त्री सदरे आलम, शेख कैमुदिन, जुनियर सर्कल संयोजक एवं सदस्य श्यामसुन्दर श्रेष्ठ, सदस्य संजय यादब, रामएकवाल साह, जुनियर सदस्य अरुण जयसवाल, अरुण पटेल, अजय सहनी, पुरेनवा सेनाली, सरुअठा प्रहरी चौकीका असई, जुनियर सर्कलका सचिव देवेन्द यादब, रेडक्रसका कर्मचारी कपिलदेव पंडित एवं ब्लड बैंकका इन्चार्ज लालबाबु यादब समेत उपस्थितिमा कार्यक्रम संचालक संजय यादबले गर्नु भएको थियो । दुई दिने गोष्ठीमा विद्यालयबाट आएका शिक्षक, छात्रछात्रा र सरुअठा विद्यालयका शिक्षकशिक्षिकाहरुले सहयोग साथै गुल्म ढलका पुरेनवाका सेनानीहरुबाट विद्यालयमा छात्रछात्राहरुको बीचमा आंगतुहरुलाई स्वागत गर्नु भएको थियो ।