रौतहट, माघ १०
नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाबाट राजदेवी नगरपालिका वडा नम्बर ८ का लक्ष्मीपुर बेलविछवा टोलमा रहेका दलित वस्तिका गरिव परिवारका ७८ जना गरिव, एकल महिला ,बृद्ध एव प्रसुतिमा रहेका परिवारलाई कम्बल वितरण गरिए । रेडक्रस रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादवको नेतृत्वमा जिल्ला कमिटी सदस्य रामएकवाल साह, सजय यादव, धिकृत कपिलदेव पडित,पुर्व अधिकृत हेमन्त यादव ,उपशाखाका सभापति एव जिल्ला कमिटी सदस्य राम विलास साहको उपस्थितिमा ७८ जनालाई कम्बल राहतले गाउँका वडा अध्यक्षले धेरै खुसी भए ।

अत्यधिक जाडो र बढी हुसुका कारण विपतमा रहेका गरिव महिला राम दुलारी देवीले कम्बल पाउँदा धेरै खुसी भइन । जहाँ दुख, त्याहाँ रेडक्रस नारा लिएर हिडेका रेडक्रसले विपतमा रहेका आगलागी ,बाढी र अन्यक्षेत्रमा रहेका पिडित परिवारले रेडक्रसको तर्फबाट राहत बाडदा पुर्व वडा अध्यक्ष , समाजसेवी मिथिलेश यादव , राम दरेश यादव,राजनैतिक दलका अगुवाहरूले खुसी ब्यक्त गरे । जाडो मौसममा चाहेर पनि सबैलाई राहट बाड्न नसकिने , किन भने केन्द्रबाट जनताको चाहना अनुसार समान नआउनु प्रमुख समस्या रहेको राजकिशोर प्रसाद यादवले आफ्ना भनाइ राखे । राहत आएमा सबै वर्गलाई राहत वितरण गरिने जनता समक्ष प्रतिबद्धता जनाउनु भयो ।
