अषाढ ३ गते,राैतहट
स्थानीय सरकार लाई दिएका अघिकार सविधान २०७२ काे अन्तर्गत रही कटहरिया नगरपालिकाले आज एघारौँ नगरसभाबाट ५४ करोड, २५ लाख, ५२ हजार ४ सय ७५ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । आर्थिक वर्ष ०८२-0८३ को लागि बजेट सार्वजनिक गर्दै नगरप्रमुख अजय प्रकाश जैयसवालले आन्तरिक आयबाट ४ करोड, नेपाल सरकार बाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान बाट १० करोड ९९ लाख सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९ सय ७२ रुपैयाँ राजश्व बाँडफाँटबाट १० करोड २८ लाख ६१ हजार ३ सय ७१, प्रदेश सरकार बाट वित्तीय समानिकरण ७५ लाख ६५ हजार राजश्व बाँडफाँट बाट ६१ लाख ७४ हजार ८ सय ९० रुपैयाँ स्थानीय सरकार राजश्व बाँडफाँट बाट ७ करोड २८ लाख २ सय ४२ रुपैयाँ आय रहेको सार्बजनिकिरण गरिएको छ ।

एघारौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख जैयसवालले नगरभित्रका नागरिकको जीवन रक्षा गर्दै जनजीबनलाई सहज र सुरक्षित बनाउने , उपलब्ध साधन स्रोत क्षमताको उच्चतम परिचालन गरी १७ शिर्षक मा राखेका निति तथा कार्यक्रम मा सिघ्र आर्थिक तथा सामाजिक विकासको गतिलाई निरन्तरता दिने बताए ।
कृषि ब्यबसाय, पशुपालन मत्स्य पालनक्षेत्रको बिस्तार र उत्पादकत्व वृद्धि गरिनेछ। योजनाहरुको संचालन तथा कार्यान्वयनमा प्रविधिको प्रयोगलाई बढवा दिईने , समयसिमाभित्र सम्पन्न गर्ने बातारण तयार गरिने, लक्ष्य राखिएको छ। गरिव वर्गको सशक्तीकरणका कार्यक्रम संचालन गर्ने, स्वच्छ पिउने पानी पुरयाउने अनुरुप सबै वडा टोल बस्तीमा खानेपानीको उपलब्धतालाई सहज बनाउने रहेको छ ।

यस्तै कृषि, पशुपन्छी, सहकारी, पर्यटन, शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण, पूर्वाधार तथा सहरी विकास सम्बन्धी नीति, सिचाई, बिपद व्यवस्थापन, वातावरण सम्बन्धी नीति, कर्मचारी प्रशासन तथा जनशक्ति व्यवस्थापन सम्बन्धी नीति, राजश्व परिचालन, वित्तीय व्यवस्थापनको प्रभावकारी कार्य गर्नुको साथै समय समयमा सबैलाई थाहहुनेगरी सार्वजनिक नागरिक सुनवाइ गर्ने जस्ता आर्थिक वर्ष ०८२-०८३ मा गरिने छ।साथै कटहरियाल नगरपालिका प्रमुख प्रशास्किय अधिकृत विरबहादुर साह लहेराले निति तथा कार्यक्रम प्रस्तुत गरे,बक्तमा जिल्ला समन्वय समिति का अध्यक्ष राम अयाेध्या राय यादव नेपाल पत्रकार महासघ राैतहट अध्यक्ष सजय कार्की, बडा अध्यक्ष , उपमेयर रितादेवी यादव आफ्ना अभिब्यक्ति राखे,कार्यक्रम सचालन याेजना शाखा प्रमुख रामनरेश यादवले गरे।