असोज ०३ गते रौतहट/ रौतहटमा संविधान दिवसको अवसरमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले उत्सवको रूपमा दिवस मनाए र मधेशकेन्द्रित दल जसपानेपाल ले कालो दिवसको रूपमा मनाए।।
मधेशी र थारु समुदायका मागहरू संविधानमा सम्बोधन नभएको भन्दै संघीय मोर्चामा आबद्ध मधेशकेन्द्रित दलहरूले कालो दिवस मनाए । जनता समाजवादी पार्टी नेपाल ले गौरस्थित कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा योगेन्द्र यादवले संविधान पुनर्लेखन नभएसम्म असोज ३ लाई कालो दिनका रूपमा मनाइरहने बताए । देशमा नागरिक विद्रोह भएको र जेनजी पुस्ताको आन्दोलनले सबैको भावना समेट्ने संविधान आवश्यक रहेको जोड दिए ।

कार्यक्रममा जसपा जिल्ला सभापति र विश्वनाथ पटेलले पनि सम्बोधन गरे । नेकपा एमाले गौरस्थित आफ्नो कार्यालयमा वृक्षारोपण र अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनाए। केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज अजय गुप्ताले संविधानको रक्षा र उपलब्धिहरूलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले भदौ २४ को घटनापछि फेरिएको राजनीतिक माहोलमा कार्यकर्ताहरूलाई आचरण सुधार्न र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे । केन्द्रीय सदस्य कुन्दन कुशवाहाले नागरिक असन्तुष्टि पार्टी मा सुधार हुनुपर्ने मा जोडदिदै अघि बढ्नुपर्ने बताए ।जिल्ला सभापति सचिदान्नद साहको अध्यक्षतामा भएको हो। नेपाली कांग्रेसले पनि गौरस्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनाए। । जिल्ला तहका नेता(कार्यकर्ताहरू सहभागी थिए । वक्ताहरूले जेनजी पुस्ता र लोकतन्त्रको रक्षाका लागि तयार रहनुपर्नेमा जोड दिए । रौतहटमा संविधान दिवसले उत्सव र विरोधको प्रतीक देखाएको छ।



