
पौष १ गते/रौतहट, नेपाल परिवार नियोजन संघ चितवनले ले यौन तथा प्रजनन स्वास्थय क्षेत्रमा काम गर्दै आईरहेकोमा युनएफपीएको आर्थिक सहयोगमा विभिन्न विपन्न गरिब सुत्केरी महिला कलिला उमेरका बालबालिकाहरुका लागि काम गर्दै आईरहेको छ । वाढी पिडित आगलगीबाट पिडित सुत्केरी, बालबालिकाहरुका लागि विभिन्न प्रकारका किटसहरु वितरण गर्दै आईरहेको छ । त्यसै क्रममा परिवार नियोजन संघ चितवनको आयोजन तथा प्रादेशिक अस्पता गौरको सभाहलमा नि.शाखा प्रवन्धक रोशन सोतीको अध्यक्षतामा प्रमुख अतिथि प्रादेशिक अस्पताल मेडिकल सुपरिडेन्ट डा.मुरारी ठाकुर र जिल्ला युनएफपीएका प्रमुख रोशन अधिकारी, डा.विकास चौरसियाको सहित अस्पतालका पदाधिकारीको रोहवरमा अपाङ्ग मैत्री सेवाको लागि नौ किसिमका समानहरुमा व्हलि चेयर ४ थान, पेशाबी ३ सेट, विरामी वाकर २ थान, सेतो छडी ४ थान, कमोड चियर १ थान, सिपीआर बोर्ड एक थान, बेड प्यान २ थान, युरियन ४ थान र फिटल डोपाभार ३ थान सहित २४ थान प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टको मुरारी ठाकुरलाई हस्तान्तरण पत्र सहित एक समारोह बीच हस्तान्तरण गरियो । यी सबै स्वास्थ्य क्षेत्रमा अपाङ्गताका मैत्री सेवा बनाउन यी उपकरणहरु दिइएको सबै स्वास्थ्य क्षेत्रमा अपाङ्गता मैत्री बनाउन सरकारको सोच रहेको हो । यसबाट अशक्त, अपाङ्गता भएका र बृद्ध विरामीको उपचार गराउनमा यी सर समानहरुबाट सहजता प्रदान होस उदेश्यका साथ यी दिइएको प्रवन्धक रोशनी सोती एवं डा.मुरारी ठाकुरले आफनो दुई शब्द भनाई राख्नु भयो ।



