२४ वैशाख, काठमाडौं । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन भएको छ । आज बिहान ४ बजे कमलपोखरीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । अल्जाइमरलगायत रोगबाट पीडित ८८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका अगुवा मानिन्छन् । उनी प्रगतिशील लेखक संघका संस्थापक अध्यक्षसमेत हुन् । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए । प्रगतिशील लेखक संघका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ बजेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा राखिने र ३ बजे पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिनेछ । १९८६ सालमा जन्मिएका शर्माका बहिनीलाई चिठी (२००८) र (२०१२), तँ, तिमी, तपाईं, हजुर (२०१४), मेरो आमा (२०२३), थुनुवाको डायरी (२०३८) चर्चित कृति हुन्