काठमाडौं, २४ बैशाख । संघीय गठबन्धनको नाममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले प्रतिक्रिया दिएका छन् । गठबन्धनमा आबद्ध घटक दल र मोर्चालाई खबर नै नगरी एकलौटी ढंगले ठाकुरले विज्ञप्ति जारी गरेको आरोप लगाउँदै यादवले त्यसको खण्डन गरेका हुन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवका प्रेस संयोजक महेश चौरसियाले शनिबार एक प्रेस नोट जारी गरी संघीय गठबन्धनको नाममा जारी भएको विज्ञप्ति आधिकारिक नभएको बताए ।