काठमाडौं, वैशाख २४ – सभामुख ओनसरी घर्तीले संसदको विशेषाधिकारमा सर्वोच्च अदालतले हस्तपक्षेप गरेकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।
संसद भवन नयाँ बानेश्वरमा आइतबार पत्रकार सम्मेलन गरी सभामुख घर्तीले संसदमा प्रवेश गरिसकेको महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्ने संसदको विशेषाधिकार रहेको भन्दै राज्यका सबै निकालयले संविधानले आफूलाई दिएको सीमा र दायराभित्र रहनुपर्ने बताउनुभयो । राज्यका निकायबिच टकराव हुँदा लोकतन्त्र संस्थागत नहुनेतर्फ ध्यानाकर्षण गराउँदै सभामुख घर्तीले यस्ता घटनाले चुनावलाई पनि प्रभावित पार्ने कुरामा सबै सचेत हुनुपर्ने बताउनुभयो । देशको अवस्था जटिल भएकाले न्यायपालिका र ब्यवस्थापिका बिच बढेको टकराव वार्ता छलफलबाट सहज निकास निकाल्नुपर्छ भनेर आफूले संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरेको उहाँको भनाई छ । ब्यवस्थापिका संसदको बैठक जेठ ४ गतेसम्मलाई स्थगित गरिएको छ ।