जुम्ला, वैशाख २८ जुम्लाका पूर्वसभासदका छोराको हिउँ पोखरीमा डुबेर ज्यान गएको छ । जुम्ला गोठीचौर गाउँपालिका–५ का पूर्वसभासद नरेश भण्डारीका ९ वर्षका छोरा विधान भण्डारीको हिउँ पोखरीमा डुबेर ज्यान गएको हो । पोखरीमा डुबेकाा उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकका बुवा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा माओवादीबाट सभासद बन्नुभएको थियो । नरेश भण्डारी अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा नेपाल राष्ट्रिय वुद्धिजिबी संगठनका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।