बैशाख २८ गते गौर÷“दिगो विकाश लक्ष्य प्राप्तिको लागी सहकारी” नाराको साथ आयोजक देव बचततथा ऋण सहकारी सस्था ले एकिकरण र ऋण प्रवाह सम्बनधी अन्तक्रिया कार्यक्रम रौतहत उद्योग वाण्ज्यि सघको कार्यालयमा सम्पन भएको छ ।
रौतहट जिल्लामा सहकारी सस्था दर्ताभएको ७२७ ससथा मध्ये नवीकरण र खारेजीमा परेका ४५ वटा बाहेक अहिले ६८२ वटा संस्था रहेको छ । सहकारी संस्था खोल्नु ठुलो कुरा होईन चलाउने सबभन्दा राम्रो कुरा हो । नेपाल सरकारको नियमानुसार एक भन्दा बढी भए संस्था खारेजी नभई मर्ज गर्नु राम्रो कुरा हो । नवविकास बचत तथा ऋण सहकारी संस्था च.पुरका अध्यक्ष देव बहादुर सापकोटाले भनेका छन् । संस्था नातेदार होईन निति राम्रो हुनुपर्दछ । साथै संस्थाको अध्यक्ष ठुलो होईन संस्था ठुलो सानो पदमा बसनु राम्रो हुन्छ । रौतहट जिल्लामा साना किसान बहुउद्देश्यीय सहकारी लि.सिमरा भवानीपुर संस्था पहिलो मर्ज हुने संस्था हो र दोस्रो गौरका देवबचत ऋण सहकारी संस्थाले अनपुर्णा बचत तथा ऋण सहकारी संस्था औरैया–५ र मनोकामना बचत तथा ऋण सहकारी संस्था गौर–५को देव बचतमा मर्ज भएकोमा डिभिजन सहकारी कार्यालयका प्रमुख गोपाल प्रसाद बरालले खुशी व्यक्त गरेको थिए । देव बचत तथा ऋण सहकारी संस्थाले अहिले सम्म ३ करोडको कारोवार गरेको र त्यस मध्ये ७ लाख ५० हजार नाफा रहेको कुरा त्यस संस्थाका अध्यक्ष लाल बिहारी साहले बताए । मर्ज भएको खुशीमा सहयोगी संस्था राष्ट्रिय विकास बैंक चपुर र देव बचतको पहलमा मायाको चिन्नोको रुपमा सहभागीहरुलाई टि–सर्ट प्रदान गरेको छ । सो कार्यक्रममा साथी, सुर्यादय, चन्द्रलोक, अनपुर्णा, धनलक्ष्मी, जिविको पार्जन, बीरशान्ति, जागृत संस्थाका व्यवस्थापक र प्रवनधकहरुको उपस्थित रहेको थियो । सो कार्याक्रम देव बचत संस्था अध्यक्षताका प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय गोपाल प्रसाद बराल, विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंकका प्रवधन विष्णु प्रसाद पराजुली, अतिथिमा सहकारी तथा बचत ऋण संघका अध्यक्ष खडक बहादुर बोनजन, नव विकास बचत तथा ऋण सहकारी चपुरका अध्यक्ष देव बहादुर सापकोटा र वक्ताको रुपमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक छोटेलाल प्रसाद पटेलले सहकारीको बारेमा आ आफनो मनत्वय राखेको थिए । कार्यक्रमका संचालक देव बचतका सदस्य नागेन्द्र साहले गर्नु भएको थियो ।