२९ बैशाख बारा । बाराको सिमरामा विहिवार बिहान करिब पाँच बजेको समयमा ट्रिपरको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यू भएको छ । मृत्यू हुँनेमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित सिमरा बस्ने बर्ष ४० का मान बहादुर श्रेष्ठ रहेका छन् । बिरगंज पथलैया सड्क खण्ड अन्तरर्गत पथलैयाबाट बिरगंज तर्फ तिब्र गतीमा जाँदै गरेको ना.४.ख.१०५८ नम्बरको ट्रिपरले जिल्लाको सिमरा स्थित नेपाल केबुल प्रा.लिको अगाडी सड्कमा ठक्कर दिएको हो । यता ठक्करबाट गम्भीर घाईते भएका श्रेष्ठको औषधी उपचारका क्रममा बिरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यू भएको थियो ।
ठक्कर दिएर फरार भएको ट्रिपर सहिँत चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।