रौतहट,जेष्ठ ४ । गरुडा नगरपालिकामा रहेको वंशिराम जयसवाल अनाथालयमा रहेका बालबालिका का लागी खाना र स्टेशनरी दिएर नेपालको न भए पनि भारतीय नागरिकले आफ्नो जन्म दिन नेपालको अनाथ बालबालिका संग मनाएको छ ।
आर्थिक अवस्था कमजोर रहेको अनाथालयका बालबालिकालाई चर्चित क्रिकेट कमेन्टेटर लिटिल गुरुले भारतको भए पनि मिठो खुवाउने अभिलाषा बोकेका आफ्नै पहलमा बालबालिकालाइ खाना खुवाएका थिए । वहाले यो भन्दा पहिला पनि कहिले वृक्षारोपण गरेर त् कहिले बिद्यालयमा गएर बिद्यार्थीहरुलाई चकलेट कपि , किताब . सहयोग गरेर आफ्नो ३३ औ जन्म दिन नेपालको रौतहट जिल्लाको गरुडामा रहेको वंशिराम जयसवाल अनाथालयमा रहेको बालबालिकाहरु संग आफ्नो जन्म दिन मनाएको छ । आफ्नो जन्म दिन म“बाहिर तडकभडक गरेर घरमा भोजभतेर गरेर जन्मदिन मनाउनु भन्दा यी बालबालिका का बिच मनाउदा छुट्टै किसिमको आनन्दको अनुभुति भएको छ । ”चर्चित क्रिकेट कमेन्टेटर लिटिल गुरुले अभावका बिच बाँचिरहेका अबोधहरु सँग समय बिताउन पाउदा र उनीहरुका लागी थोरै भए पनि केही गर्न पाउदा खुशी आफु पनि नेपालकै हो जस्तो लग्यो मलाई वहाले निकै खुशी हेरेर बालबालिकालाई निकै खुशी हेरेर आफुले पनि धेरैनै खुशी हुनु भयो ।” यसरी अनाथ बालबालिकाहरुलाई सहयोग गर्नेको सँख्यामा वृद्धि भए सँस्था सँचालनमा समेत सहयोग पुग्ने सँस्थाका सँस्थापक बंशिराम जयसवालले बताए । ठूलो सँख्यामा रहेको बालबालिकालाइ खाना व्यवस्थापन गर्न कठिनाई भइरहेको बेला समाजमा भएका मनकारी व्यक्तिहरुले गर्ने यस्ता सहयोगले बालबालिका पनि हर्षित हुने उनको भनाई छ । नेपालको केही व्यक्तिहरुले मात्रै पनि यसरी घरमा मनाइने विभिन्न उत्सवका बेला अनाथालयका बालबालिकाको बारेमा थोरै मात्रै सोचि दिदा पनि समाजमा सकारात्मक संदेश जाने गरुडाका व्यवसायि धर्मनाथ जयसवालले बताए । चर्चित क्रिकेट कमेन्टेटर लिटिल गुरुले भन्नु भए म गैर भए पनि नेपालमा रहेको अनाथ बालबालिकालाई सहयोग गर्न पाएको मौका पाए यहि मेरो लागि खुशीको खबर भयो । युवाहरु यसरी नै सामाजिक कार्यमा सक्रिय हुन जरुरी रहेको छ । आफुमात्रै नभएर कोहि नभएका गरीब र अनाथहरुको बारेमा सोचि दिए समाज परिवर्तन र विकसीत हुन समय लाग्दैन । वहाले रेड खबर संग कुरा गर्दै भने म गैर भए पनि सहयोग गर्दा मलाई निकैनै खुशी लाग्यो । यस्तै यो भन्दा पहिल रौतहटको शिक्षा प्रेमी मोहन यादवले अनाथालयमा गएर बालबालिकाहरु संग आफ्नो जन्म दिन मनाएको थियो ।