नरेन्द्र साह। रौतहट । ४ जेष्ठ ।रौतहट जिल्लाको सरमूजवामा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित १० जना घाइते भएका छन ।स्थानीय गाउँ विकास समिति पथरा बुधराम वार्ड नम्बर ९ सगैया पिपरिया टोल बाट बंकुल तर्फ आउदै गरेको भारतीय नम्बर बी आर ०५ टी २४२५ नम्बरको बोलेरो भकुवा खोलामा दुर्घटना हुदा भारत बिहार राज्यको सुप्पी प्रखंडको हरपुर कला वार्ड नम्बर ५ निवासी ३५ वर्षीय ललन साहको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा सोही ठाउँ निवासी मुकेश साह, विकास सिंह, खड़क साह, विकास साह, ६० वर्षीय भैरव महतो, विन्देश्वर साह, अमन कुमार सिंह, राजीव कुमार, चालक सुप्पी निवासी हरिन्द्र भगत घाइते भएका छन । घाइतेहरुलाई थप उपचारको लागि भारतको सीतामढ़ी लागिएको जिला अस्पताल गौरले जनाएको छ । तीब्र गतिमा रहेको गाड़ी पुलबाट खोलामा खसेको थियो । दुर्घटनामा ३ वर्षीय बालक सकुशल रहेका छन । ११ जना सवार रहेका गाडी केटी हेर्न पिपरिया गएको र फर्कीने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक नविन कृष्णा भण्डारीले बताएका छन । बोलेरोमा सवार रहेका रौतहटका सुन्दरपुर निवासी बुद्धू साहले चालकको लपरवाहिका कारण दुर्घटना भएको बताएका छन । साहलाई पनि सामान्य चोटपटक लागेको छ । पुलवाट करीव १० मीटर तल झरेको गाड़ी ३ पटक पलटिदै पानीमा भित्र गएको साहले
बताए ।