रौतहट । जेष्ठ ०७ । जिल्ला प्रहरी कार्यालय रौतहट जिल्ला भरिमै संचालनमा रहेको अबैध मदिरा उत्पादन गर्ने भट्ठीहरुलाई तोडफोड गर्ने अभियानमा तिब्रता ल्याएको छ । हिजो शनिवार जिल्ला प्रहरी कार्यालय रौहतटबाट खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टि नष्ट गर्ने अभियान अन्तर्गत विभिन्न स्थानमा संचालनमा रहेको घरेलु मदिरा उत्पादन गर्ने भट्ठीहरुमा तोडफोड गर्दै तयारी मदिरा,कच्चा पदार्थ र भांडा कुंडा नष्ट गरेको हो । हिजो रौतहटको.डुमरीयामा अंदाजी ५०० लिटर तयारी मदिरा , करिब.२३०० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्लाष्टिकको सानो ठुलो भांडा २१ वटा नष्ट गरिएको छ । चन्द्रपुर न.पा. ८ बाट करिब ३०० लिटर तयारि मदिरा, करिब ७०० लिटर कच्चा पदार्थ, प्लाष्टिकको भांडा १० वटा र मदिरा बनाउन प्रयोग हुने २ वटा सिल्बरको भांडा नष्ट गरिएको छ । पछिल्लोदिनमा जिल्ला प्रहरी कार्यालय रौतहटले संचालनमा रहेको अबैध मदिरा उत्पादन गर्ने भट्ठीहरुलाइ गरि मदिरा नष्ट गर्नमा तिब्रता ल्यायको देखिएको छ ।