रौतहट 9 जेठ । जनता अवास कार्यक्रमबाट जनताहरू नै बेखर भए पछि सो अन्तर्गत गरिब दलितको भवन निर्माणमा रौतहटको विभिन्न स्थानमा नियमितता भईरहेका छन् । नेकपा एमाले नेता प्रदीप यादवका अनुसार रौतहटका बौधी माई गाउँपालिका साविक सरमुजवा गाविस स्थित बंकुल र सरमुजवा गाउँमा निर्माण भईरहेको घरमा अनियमितता भएको पाइएको छ । जनता आवास कार्यक्रम घर निर्माण भईरहेको घर परिवारलाई समेत आएको रकम बारे जानकारी विना नै काम भईरहेका छन् । काम पनि गुणस्तरहिन भएको नेता यादवले बताउनु भयो । जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भईरहेको घरमा प्रयोग भईरहेको सामग्री अत्यन्त कमअसल रहेको बुझिएको छ । पानी हवाहुरीले सहजै किसिमले ढल्ने गल्ने खालको ३।४ नम्बरको टुक्राटुक्री इटबाट घरको कुर्सी, निर्माण भएको देख्दाँ आश्चर्य चंकित हुँदै काम स्तरीय ढंगले गराउन माग समेत गर्नु भयो । रौतहटको विभिन्न ठाउामा यस कार्यक्रमको मार्फत एक हजार घर निर्माण भईरहेका छन् । घर निर्माण गरिबको हुने भएपनि यसको गरिबलाई अन्धकारमा राखी केही ठाँठाबाठाले रकम हातमा पारी कमाई गर्ने अभियानमा लागेको बुझिएको छ ।गरिको घर बनाउनउ कति पैसा हो ? कस्तो घर बन्ने हो ? बारे थाहै नदिर्य कसरी काम गराउन खोजीएको हो ? गुपचुपमा आधी अधुरा काम गराई ठाटाँबाठाँले रकम मास्ने कार्य बन्द गराउनु पर्ने नेता यादवले माग गरेका छन् । यस सम्बन्धमा जनता आवास कार्यक्रमका इ.श्रीभगवान गुप्ता संग सम्पर्कगर्दा हुन सकेन ।