नरेन्द्र साह।रौतहट,जेष्ठ ६
पछिल्लो अवस्था भन्दा अहिलेको अवस्थामा प्रहरी र नागरिक बिचको दुरी घटेको जनमानसहरुको धारणा रहेको छ । रौतहट जिल्लाको सखुआवामा सुरक्षा र न्यायमा महिलाहरुको पहुँच बढाउने उद्धेश्यका साथ सम्पन्न नाट्यशाला त्यहाँका स्थानियहरुको यस्तो भनाई रेहेको थियो । । युके एडको आर्थिक सहयोग सर्च फर कमन ग्राउण्ड तथा माण्डवी को सहकार्यमा शनिवार सुरक्षा र न्यायमा महिलाको पहुँच बढाउने उद्धेश्यले नाट्यशाला सम्पन्न भएको छ । जेष्ठ ०४ गते देखि सुरु भएको उक्त नाट्यशाला जेष्ठ ०६ गते सम्म ३ दिन संचालन भएको थियो । श्री देवि माध्यमिक विद्यालय सखुआवाको प्रांगणमा भएको नाट्यशालामा रौतहट जिल्लाका साविक गाविस करुनिया,खेसरहिया ,भेडियाही,जेठरहिया र सखुआवा स्थानिय महिला तथा पुरुषको साथै नेपाल प्रहरीका पुरुष तथा महिला प्रहरी जवानका सहभागिता रहेको थियो । नाट्यशाला कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरिक्षक बालिस्टर सिंह कार्यक्रमको सम्बोधन गर्दै यो कार्यक्रमले अवश्य नै नागरिक र प्रहरी संगको दुरी कम गर्न सफलता प्राप्त गरेको साथै जिल्लाका विपन्न,सीमान्कृत, तथा विशेष गरी महिलाहरुको सुरक्षा र न्यायमा पहुँच बढाउनमा मद्धत पुर्यायको धारणा राख्नु भएका थिए । माण्डवीले यस्तो राम्रो कार्यक्रम हाम्रो समुदायमा संचालन गर्नु भएकोमा उक्त संस्थालाई धेरै धेरै बधाई दिदै एक जना नाट्यशालामा सहभागीले अगाडी थपे यस नाट्यशालाबाट हामीले धेरै कुरा सिक्न पाए हामीले यहाँबाट सिकेका कुराहरु अब अरुलाई पनि बताउने सहभागी ले भन्नु भयो । त्यही नाट्यशालामा सहभागी एक जना महिलाले अहिले सम्म हामीले प्रहरीलाई हेरेर डराउथे तर यस कार्यक्रम पछि हाम्रो डर त्रास समाप्त भयो अब हामी निर्धक रुपमा प्रहरी कहाँ गएर आफ्नो समस्या भन्न सक्ने भन्नु भयो । रौतहट जिल्लामा रहेको विपन्न,सीमान्कृत,गरिब ,दलित तथा विशेष गरी महिलाहरुको सुरक्षा र न्यायमा पहुँच बढाउने उद्धेश्यका साथ हामीले यो नाट्यशालाको आयोजना गरेको माण्डवीका पंकज कर्ण भन्नु भयो । जुन आशाका साथ हामीले यो नाट्यशालाको आयोजना गरेका थियौ त्यसमा हामी सफल भएका त्यस संस्थाका पहुँच परियोजनाका कार्यक्रम संयोजक कंचन साहले बताउनु भयो । यस्तै हामी यो कार्यक्रम आयोजना गरेर नागरिक र प्रहरी विचको दुरी कम गर्नमा सफल भएको सर्च फर कमन ग्राउण्डका रौतहट जिल्ला संयोजक पुनम ठाकुरले भन्नु भयो । कार्यक्रममा पत्रकार चंचल कुमार झा,ईसिडिसिका प्रतिनिधि, पत्रकार लगायतका उपश्थिति रहेको थियो ।