रौतहट,गौर÷१० गते सिमान्तकृत तथा विपन्न समुदायको न्यायको पहुचका लागि प्रयास रहेको नाराका साथ युके एडको आर्थिक सहयोग सर्चफर कमन ग्राउण्ड तथा माण्डबीको सहकार्यमा बुधवार सुरक्षा र न्याय महिलाहरुको पहुच बढाउने उदेश्यले नाटयशाला सम्पन्न भएको छ । जिल्लाको पश्चिम भेगमा रहेको मुस्लिम जनसंख्या वदी भएको र गरिव ,अशिक्षित समुदाय रहेको गाउँका विपन्न वर्गका महिलाहरुको लागि नाटयशाला गरिएको बैरिया गाउका समाजसेवी मो.समसादले बताए । जेष्ठ ८ गते देखि १० गते सम्म माण्डवी नेपालद्धारा तीन दिने नागरिक प्रहरी ड्रामा क्लिनिक कार्यक्रम तालिम फतुहा महेशपुर ५ मा चार दर्जन महिला पुरुष, युवा युबती, छात्रछात्रा, दलित स्वाथ्यसेविका सहभागिता रहेको थियो । सो तालिमका प्रशिक्षिक विनोद चौधरी र अर्जुन मण्डल र सहयोगीको रुपमा मनोज यादब र राजेश साहले तीन दिन चलेको तालिलमा विभिन्न कला प्रर्दशन गरी गरेको थियो । पंकजलाल कर्ण,कंचन साह उदेश्यको बारेमा बताए थियो । तीन दिनको अन्तमा मुल समापनमा रहेका निचोडको रुपमा एक दिने नाटय प्रर्दशनमा दुइ समुह बनाएर गरिएको थियो । एक समुह वाट महिला हिसाविरुद्ध रोक्न र दुई समुहवाट बैदेशिक रोजगार तथा वालविवाह रोक्न वारेमा महिला,पुरुष युवा समाज प्रहरी वीच एक आपसमा कसरी सहयोगको अपेक्षा रहनेवारेमा नाटयशाला गरिएको थियो । कार्यक्रम संचालनको प्रमुख अधिवक्ता पंकजलाल कर्ण,प्रमुख अतिथि माण्डवीको निर्देशन भोला प्रसाद दहाल,अतिथि प्रहरी निरिक्षक निरज के.सी,पत्रकार महासंघका अध्यक्ष रविन्द्र साह,उपाध्यक्ष आदेश उपाध्यय,वरिष्ठ पत्रकार विनयकुमार लाल दास,प्रभात झा,संजय मिश्रा,रामएकवाल साह कार्यक्रम सयोंजक पुनम ठाकुर कार्यक्रम संचालन कंचन साहले गर्नुभएको थियो । मन्तव्यको क्रममा माण्डवी निर्देशक भोला प्रसाद दहालले युवा प्रहरी,समाज मिलेर नया गाउको बस्ती बन्न सक्छ भनेका छन त्यसतै पत्रकार महासंघका अध्यक्ष रविन्द्रसाहले कार्यक्रमको सुचना दिएमा विपन्न र पछाडि परेका अवाजलाई समाजमा परिर्वतन गर्न सक्छ । सोही कार्यक्रममा प्रमुख अधिवक्ता पंकजलाल कर्णले केही दिनमै यो कार्यक्रमले समाजमा रहेका विकृतीलाई हटाउने प्रयास र यसमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिइएको छ । सो नाटय प्रर्दशनमा एक र दुई समुह बनाई एकमा महिला हिंसा विरुद्ध सचेतना नाटय कार्यक्रम र दोश्रो बैदेशिक रोजगार र वहु विवाह सम्बन्धी नाटयशालामा दुई नम्बर समुहले प्रथम हासिल गरेको छ । सो समुहका अगुवा महेन्द्र राय यादबले गरिव र समाजमा रहेका शराबको लत र बुहारिलाई कुटिने नाटयशाला गरेको थिए । यस समुहवाट एक वाट महिला नेत्री संजु बैठा आमा बन्नी छोरा मितेश साह र बुहारी सबना खातुन मुखियाको रुपमा मो.समसाद गरेको थियो दुबैमा समुहमा एक मा बन्जराहा दुई मा राजपुर फहरदवाका प्रहरी टोली रहेको ।