तहट, जेठ १२/सशस्त्र प्रहरी रौतहटको टोलीले लाखौं मुल्य बराबरको भारतीय कपडा सहितको जिप बरामद गरेको छ । भन्सार कर्मचारीको मिलोमतोमा भारतीय कपडाको न्युनतम मुल्य राखी राजश्व छली नेपाल ल्याउदै गरेको सुुचनाका आधारमा कपडा सहितको जिप बरामद गरेको बताईएको छ ।सशस्त्र प्रहरीले जिल्लाको फतुुआ पुल नजिकैबाट कपडासहितको जिप बरामद गरेको जनाएको छ ।ना ३ च २३७६ नम्बरको म्याजिक जीपमा लाखौंमुुल्य बराबरको सातपोका कपडा बारा कोलवी स्थित सुुजित बस्त्रालयको नाउमा जान लागेको र उक्त कपडाको मुल्य भन्सार एकलाख ४६ हजार आठसय ३० तोकिएको प्रहरीले जनाएको छ । बरामद कपडा,गाडी र चालक सखुआब धमौरा ४ का बिजय चौधरीलाई आवश्यक कारवाहीका लागी राजश्व कार्यालय पथलैया पठाईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले जनाएका छन । रौतहट जिल्लाको सिमा नाका हुदै केहि कर्मचारी कै मिलोमतो मा पटक पटक भन्सार छली गर्दै अबैध समान हरु नेपालमा भित्रियाई रहेको अबश्था रहे को छ l