रौतहट, १९ जेठ सशस्त्र प्रहरी सिक्षा सुरक्षा बेस कैम्प सरमुजवाले पक्राउ गरेको मोटरसाईकिल सहितको लताकपडा दुई दिन वित्न लाग्दा पनि भंसार कार्यालयमा बुझाएका छैन् । विहिबार करिब ११ः३० वजे विहान भारतबाट भंसार छल्ली नेपाल भित्रयाई रहेको अवस्थामा सरमुजवा बडा नं. ८ स्थित बारा रौतहटको सिमाना पर्ने अडुवा खोलाको चोर बाटो बाट मोटरसाईकमा लोड गरेको मोटरसाईल र कपडा सहित तस्करलाई पक्राउ गरि आवश्यक अनुसंधानका लागि बैस कैम्प सरमुजवामा ल्याई राखेको स्रोतले जानकारी दिएका छन् । भारतिय नंबरको मोटरसाईकलमा लोड गरि ल्याईएको कपडा सहितको गाडी बैस कैम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक संजय अधिकारीले रकमी चलखेल गरि पक्राउ गरिएको भारतिय मोटरसाईकलको साटो नेपाली नंबरको बा ३ प ९३४९ मोटर साईकल राखि पक्राउ परेको भारतिय तस्करलाई फरार गराएको स्थानिय बासीको आरोप रहेको छ । यस सम्बन्धमा सशस्त्र प्रहरी महानिरिक्षक नरेन्द्र कुमार सिंह संग कुरा गर्दा यस बारे आफुलाई केही जानकारी नभएको साथै यस बारे आफु नै अनुसंधान कार्य अगाडि बढाउने प्रतिक्रिया दिएका छन् ।
यस अघि पनि उक्त बैस कैम्पले रकमी चलखेल गरि समय समयमा पक्राउ गरिएको सामग्रीहरु भंसार नबुझाई छोड्ने गरेको स्रोतको दावी रहेको छ । तस्करीको क्षेत्रमा बंकुल, नरकटिया, रामपुर खाप नाका व्यापक नै रहेको खबर विभिन्न संचार माध्यमहरुमा समाचार प्रकाशन भई नै रहेको सबैमा सर्वविदितै छ ।