२४ जेठ, काठमाडौं । इरानको संसद भवन र सर्बोच्च नेता आयातुल्ला खोमेनीको प्रार्थानास्थलमा सशस्त्र आक्रमण भएको छ । इरानी समाचार एजेन्सीहरुका अनुसार एक हतियारधारी व्यक्तिगत संसद भवनभित्र छिरेर सुरक्षा गार्डमाथि गोली प्रहार गरेका थिए । उनी घाइते छन् । घाइतेहरुको सवालमा भने समाचार एजेन्सीहरुबीच विवादित तथ्यहरु आइरहेका छन् । त्यस्तै आधुनिक इरानका जन्मदाता आयातुल्लाह खोमेनीको निवासमा पनि गोली चलेको समाचार आएको छ ।एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार संसदको बैठक सकिएपछि आक्रमण भएको थियो । इरानको समाचार एजेन्सी आइआरआइवीले एक संसदलाई उदृत गर्दै भनेको छ कि संसद भवनभित्र एके-४७ जस्ता अत्याधुनिक हतियार बोकेका थुप्रै आक्रमणकारीहरु छन् ।संसद इलयास हजरातीलाई उदृत गर्दै एजेन्सीले भनेको छ कि त्यहाँ तीन आक्रमणकारी थिए, त्यसमध्ये दुईले कालासिन्कोभ राइफल र एकजनाले पेस्तोल बोकेका थिए । समाचार संस्थाले दुईजना सुरक्षा गार्ड घाइते भएको छ । राजधानी तेहरानबाट केहि किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थानास्थलमा पनि समान समयमा गोली चलेको समाचारमा जनाइएको छ ।