नरेश कु.पंडित/जेठ २५,रौतहट/राजपा रौतहट द्वारा आज जिल्ला को सदरमुकाम गौर देखि चन्द्रपुर नगरपालिका अन्तर्गतको बिरेन्द्र राजमार्गमा पार्टीको केन्द्रीय कार्यक्रम अनुसार दिउँसो १ बजे देखि ३ बजे सम्म चक्का जाम गरिएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार राजपाका नेता तथा सयकरौ कार्यकर्ताहरू सदरमुकाम गौरको मधेसी क्रान्ति चौक, नयाँ बस पार्क गौर साथै गरुडा बजार र बाल्चनपुर चौक समेतमा चक्काजाम गरेका थिए । संबिधान संशोधन तथा स्थानीय निकायको चुनाव को बिरोधमा टायर बाली चर्को नाराबाजी गर्दै सरकारको बिरोध गरेको थियो ।