ण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्तरगतको अन्तिम खेल रोचक हुने भएको छ । बिहिबार राती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेको हो । योसँगै अन्तिम खेलमा समूहका सबै टोली अर्कोशिखर धवनको शतकपछि जीतका लागि ३२२ रनको लक्ष्य पाएको श्रीलंकाका लागि कुशल मेन्डिस (८९ रन) तथा धनुस्का गुनाथिलाका (७६ रन) बनाउँदै १५९ रनको साझेदारी गर्दै जीतको आधार तय गरे । त्यस्तै कुशल परेराले ४४ बलमा ४७ रन बनाउँदै श्रीलंकालाई अग्रस्थानमा पुर्याए पनि घाइते हुँदै मैदान छाड्न पुगे । त्यसपछि एन्जेलो म्याथ्युज (५२ नटआउट) तथा असेला गुनारत्ने (३४ नटआउट) ले आठ बल बाँकी छँदै टोलीलाई जीत दिलाए । समूहका सबै टोलीले शुरुवाती दुई खेलपछि १ खेलमा जीत तथा एक खेलमा हार बेहोरेको छ । यसरी समूह बीका सबै टोली सेमिफाइनलमा पुग्ने आशा जिवित रहेको छ । अब आइतबार भारतले ओभल मैदानमा दक्षिण अफ्रिकाको सामना गर्नेछ भने श्रीलंकाले पाकिस्तानको सामना त्यसको भोलिपल्ट गर्नेछ । चरणमा पुग्ने सम्भावना कायम रहेका छ ।