राकेश यादव ८ आषाढ़ । रौतहट जिल्लाको गौरनगरपालिका वार्ड नम्बर १२ मुड़वालबामा निर्माण भइरहेको दलित समुदायको भवनमा गुणस्तरहिन् निर्माण सामग्री प्रयोग भइरहेका छन । नेपाल सरकारको शहरी विकास मंत्रालयको जनता आवास योजना अन्तर्गत निर्माण भइरहेको भवनमा तेस्रो वर्गको इट ,अधिक मात्रामा बलुवा प्रयोग गरी निर्माण कार्य भइरहेको हो । चमार र पासवान समुदायको २० जनाको घर योजना अन्तर्गत निर्माण भइरहेको छ । आर्थिक अवस्था कमजोर भएको अति विपन्न दलित परिवारको निशुल्क आवास उपलबध गराउने नेपाल सरकारको योजना अनुसार रौतहटमा १ हजार परिवारको २ कोठे जस्ताको घर निर्माण भइरहेको शहरी विकास तथा भवन निर्माण कार्यालय वीरगंजका इंजिनियर श्रीभगवान गुप्ताले बताएका छन १ भवन निर्माणमा २ नम्बर ईटा ,बासको झ्याल ,ढोका लगाउने स्टीमेट रहेको भए पनि दलितहरुको बस्नलाइ निर्माण भइरहेको भवनमा १ नम्बर ईटाको प्रयोग गर्न निर्माण समितिहरुलाई निर्देशन दिइएको गुप्ताले जनाएका छन । २ लाख १४ हजार रुपैयाको लागतमा बन्दै गरेको भवनमा ३ नम्बर ईटा ,माटो मिसिएको बलुवाको प्रयोग भइरहेको हुदा निर्माण हुने घर जोखिम पूर्ण हुने जानकारहरुको विश्लेषण रहेका छन । फाउण्डेशनमा ६ टिन बलुवा ,३ टिन गिट्टी ,१ टिन सीमेंट मिश्रण गरी पिसीसी ढलान गरेको लाभान्वित व्यक्तिहरुले स्थलगत निरिक्षण गर्न पुगेका इंजिनियर रवि झा समक्ष गुनासो गरेकोले निर्माण कार्यमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भइरहेको रहस्य खुलेको हो । सरकारको इस्टीमेट हेरेर स्थानीयहरु आशचर्यमा समेत परेका छन १ इस्टीमेट जे जस्तो भएपनि १ नम्बर इटको प्रयोग गर्न सुझाव दिइएको इंजिनियर झाले बताएका छन । ६ टिन गिट्टी ,३ बलुवा र १ सीमेंटको मसाला बनाएर इट जोड़नलाइ भनेको भन्दै झाले रकम अपुग भए लाभ कार्ताले जनसहभागिता बापत निजी रकम लगानी गर्न जानकारी गराइएको बताए । भूकम्प प्रतिरोधक घर निर्माण गर्न निर्देशन दिने सरकारले दलित समुदायका व्यक्तिको घर निर्माणमा मीठा पाक ईटा प्रयोग गर्नलाइ इस्टीमेट गर्नाले दलित परिवार प्रति सरकार संवेदनशील नभएको पुस्टि भएको स्थानीयहरुले बताएका छन । स्थानीय शुवंश पासवानले गरीव सम्झेर सरकारले दलित परिवारको जीवन समाप्त पर्ने सडयंत्र गरेको आरोप लगाउदै इस्टीमेटमा सुधार गरी टिकाऊ घर निर्माण गराउनलाइ मांग गरे १ ३ नम्बर ईटाको प्रयोग बाट बनाइएको घर हवाहुरि भत्किने सम्भावना बढिरहेको हुदा कुनै पनि बेलामा पुरै परिवार दुर्घटनाको शिकार हुन सकिने पसवानको भनाइ रहेको छ ।