१५ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । उनका अनुसार नियमिततर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी आंशिकतर्फ एक लाख २३ हजार १२१ विद्यार्थीले परीक्षा दिएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् । कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते नै प्रकाशन गरेको थियो ।