अक्टोवर क्रान्तिको शतवार्षिकि अभियानको दौरानमा रहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँची लाई स्थानिय तहको निर्बाचनको मिति नजिकिदै जाँदा चुनाबी माहोलले छोएको छ । सरकारले आगामी बैशाख ३१ गते स्थानिय तहको चुनाबको मिती घोषणा गरे संगै राजमो ले पनि चुनाबी कार्यक्रम एकैसाथ अगाडि बढाउन लागेको हो । अभियानकै दौरानमा राष्ट्रिय जनमोर्चा सन्धीखर्क नगरपालीका वडा नम्वर दुई का बिभिन्न टोलहरुमा सदस्यता बितरण तथा प्रचारात्मक अभियान लाई तिब्रता दिएको छ । अभियानको क्रममा नगरका बिभिन्न टोलहरुमा पुगी प्रचारात्मक अभियान सुरु गरीएको राजमो सन्धिखर्क दुईका वडा संयोजक जिबनारायण खनालले बताउनु भएको छ । त्यसै गरी अक्टोवर क्रान्तिको शतवार्षिकि अभियान र स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी सबै टोलहरुमा पुगी जनभेटघाट, नयाँ सदस्यता बितरण, सदस्यता नबिकरण आर्थीक संकलन तथा प्रचार प्रसार लाई तिब्रता पारीने सदस्यता बितरण अभियानका टोली संयोजक कमल प्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।