रौतहट । बैशाख २६ । रौतहटमा अहिले अबैध मदिराको कारोवार बढेको छ । अबैध मदिरा सहित पक्राउ परेका कारावारीलाई कार्यवाही गरिएको छ ।
आईतवार जिल्लाको माधवनारायण गाँऊपालिका वडा नम्बर ८ जेठरहिया(सुकदेवचोक)बाट जिल्लाकै दुर्गाभगति गाँऊपाकिा वडा नम्बर २ गंगापिपरा तर्फ जाँदै गरेको बि आर ०५ ई ३९४ नं.को माटरेसाईकलमा अवैध घरेलु मदिरा लिएर जाँदैछ भन्ने बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पिपरारजवाडाबाट खटि गएको प्रहरी अधिकृतको टोलीले लौकाहा टोलको करवोल चोकमा उक्त माटरसाईकल रोकी चेकजाँच गर्दा कारावारी पक्राउ परेको थियो । करिब ७० लिटर अबैध मदिरा सहित रौतहट जिल्लाका मेवा टेंग्राहा ८ बस्ने बर्ष ४०को बिरेन्द्र साहलाई प्रहरी नियन्त्रणमा लिईएको थियो । अबैध मदिरा सहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय गौरमा पठाएकोमा निज कारोवारी पाँच हजार धरौटीमा छुटेको छ । यसै विच अबैध मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ पनि रौतहट प्रहरीले नष्ट गरेको छ । सोमवार ईलाका प्रहरी कार्यालयच.पुर रौतहटबाट खटि गएको प्रहरी अधिकृतको टोलीले जिल्लाका चन्द्रपुर न.पा. वडा नं. ४ र ६ एरियामा चेकजाँच गर्ने क्रममा अंदाजी ५० लिटर अबैध तयारी मदिरा र कबि ३५० लिटर मदिरा बनाउने कच्चा पदार्थ फेला पारी कानुन बमोजिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक नविन कृष्ण भण्डारी बताउनु भएको छ । पछिल्लो समयमा रौतहट जिल्लामा संचलानमा रहेको अबैध मदिरा भठी नष्ट गर्ने र कारोवारीलाई कार्यवाही गर्नमा जिल्ला प्रहरी कार्यलय रौतहट सक्रिए देखिएको छ ।