भक्तपुर, जेठ ९ भक्तपुरमा नवनिर्वाचित मेयर÷उपमेयरदेखि वडा अध्यक्षसम्मको कार्यकक्ष तयार पार्न भक्तपुरका नगरपालिकाहरुलाई भ्याईनभ्याई भएको छ ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृतहरुका लागि कार्यकक्षदेखि सभाहलसम्मको व्यवस्थापन गर्न यतिबेला कर्मचारीलाई चटारो छ ।मध्यपुरथिमी नगरपालिकाले मेयर, उपमेयर र वडा अध्यक्षका लागि नयाँ फर्निचरदेखि स्वकीय सचिवसम्मको कार्यकक्ष तयार भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो ।‘हामीले नगरपालिकाका लागि मेयर, उपमेयरदेखि नौ वटै वडाका वडा अध्यक्षका लागि कार्यकक्ष व्यवस्थापन गरिसकेका छौ, उपमेयरको कार्यकक्ष मै इजलास समेतको व्यवस्था गरेका छौ, बिहीबार सपथ सकिए लगत्तै कार्यभार सम्हाल्ने गरी कक्षको व्यवस्थापन भएको छ’ ज्ञवालीले भन्नुभयो ।नगरपालिकामा कार्यकारी बस्दै आएको कक्ष मेयरका लागि, योजना शाखा बस्दै आएको कार्यकक्ष उपमेयरका लागि र कार्यकारीले भने अर्को कोठामा बस्ने गरी व्यवस्थापन गरिएको छ । कार्यकारी अधिकृत ज्ञवालीले मेयर, उपमेयरदेखि वडा अध्यक्षसम्मका लागि कार्यकक्ष, नयाँ फर्निचर लगायतको व्यवस्था गरिएको बताउनुभयो ।यस्तै सूर्यविनायक नगरपालिकामा पनि कर्मचारीलाई कार्यकक्ष तयार गर्न भ्याई नभ्याई भएको छ । सूर्यविनायकमा निर्वाचित प्रतिनिधिहरुले बुधबार सपथ ग्रहण गर्दै छन् । सपथ लिएपछि कार्यभार सम्हाल्ने गरि कक्ष तयार पार्न मंगलबार दिनभर लाग्ने नगरपालिकाकी स्टोर शाखा प्रमुख शोभा गैडाले बताउनुभयो । ‘तेश्रो तलामा मेयर, उपमेयरका लागि छुट्टा छुट्टै कोठामा नयाँ फर्निचर राख्ने काम आज दिनभरीमा सक्ने छौ, १० वटा वडा कार्यालयहरुमा पनि वडा अध्यक्षका लागि आवश्यक पर्ने नयाँ फर्निचर ल्याईएको छ, सबै मिलाउन प¥यो,एकछिनपनि फुर्सद छैन ।’ गैडालले आफ्नो व्यस्तता सुनाउनु भयो ।सूर्यविनायक नगरपालिका जगातीमा भाडाको भवनमा सञ्चालन हुदै आएको छ । भवनको कोठाहरु साघुरो र अपुग भएपछि नगरप्रमुर उपप्रमुखका लागि तयार पारिएको कोठा समेत साघुरो छ भने अन्य नगरपालिकामा जस्तो स्वकीय सचिवको कार्यकक्ष भने छैन । नत नगरपालिकाको बैठक बस्ने हल नै छ । पहिलो बैठक कहाँ बस्ने समेत टुङ्गो छैन ।नगरपालिकाको लागि अर्को भवनको खोजी भइरहे पनि पाउन नसकेकाले समस्या परेको र साँघुरो मै काम चलाउनु पर्ने बाध्यता रहेको नगरपालिकाका कर्मचारीको गुनासो छ ।
चाँगुनारायण नगरपालिकालाई पनि कार्यकक्ष तयार पार्न हतार हतार छ । चाँगुनारायण नगरपालिकाको चारदिन अघिदेखि मत गणना रोकिएकाले मेयर, उपमेयर तथा वडा अध्यक्ष को हुने भन्ने टुङ्गो नलागे पनि कर्मचारी कार्यकक्ष तयार पार्न भने व्यस्त छन् ।चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ भुसालले भन्नुभयो ‘भाडामा बस्दै आएको नगरपालिकाको भवनको माथिल्लो तलामा मेयर र उपमेयर र उहाँका स्वकीय सचिव समेतका लागि नयाँ कार्यकक्ष तयार पार्ने काम तिब्र रुपमा भएको छ, सभा हल समेत तयार पार्ने र फर्निसिङ्गको काम भईरहेको छ ।’नगरपालिकाका नौ वटा वडाका वडा कार्यालयहरुमा वडा अध्यक्षका लागि आवश्यक फर्निचर पठाएको र कार्यकक्ष तयार पार्ने काम भईरहेको उहाँको भनाई थियो । यता भक्तपुर नगरपालिकामा भने जनप्रतिनिधीहरुले आ-आफ्नो कार्यकक्षमा प्रवेश गरेर कार्यभार सम्हालिसकेका छन् । नगरपालिकाको नयाँ भवनको माथिल्लो तलामा बनाएको कार्यकक्ष र १० वटै वडाको आफ्नै भवनमा कार्यकक्ष तयार गरेकाले सहज भएको छि ।