३१ बैशाख, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नु भएको छ । उहाँले स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनमा बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा ११ बजेर ३० मिनेटमा मतदान गर्नु भएको हो । उहाँले मतदानमा सहभागी हुँदै सबै जनालाई आशावादी भएर निर्वाचनमा भाग लिन आग्रह गर्नु भएको छ । उहाँले निर्धक्क चुनावमा भाग लिन आग्रह गर्दै केही ठाउँमा बुध कब्जा गर्ने, धम्क्याउने जस्ता कार्य भएको भन्दै निर्वाचन आयोग र सरकारलाई त्यस्ता कार्य तत्काल रोक्न आग्रह गर्नु भएको छ । ‘सरकार र प्रशासनकै प्रत्यक्ष सहभागीता केही ठाउँमा धाँदली भएको, एमालेका नेता–कार्यकर्तामाथि आक्रमण भएको जानकारी आएको छ,’ उहाँले भन्नुभयो , ‘त्यसरी धाँधली भएका ठाउँको तत्काल निरीक्षण गरेर धाँदली गर्नेहरुलाई कारबाही गर्न र कब्जा भएको ठाउँको चुनाव तत्काल स्थगन गरेर फेरि निर्वाचन गर्ने वातावरण बनाउन आग्रह गर्छु
बुथ कब्जा भएका ठाउँमा फेरि निर्वाचन गर्नुपर्छ– एमाले अध्यक्ष ओली
बुथ कब्जा भएका ठाउँमा फेरि निर्वाचन गर्नुपर्छ– एमाले अध्यक्ष ओली
Advertisement