२५ बैशाख,काठमाडौं । प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ब्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तिको भूमिकालाई लिएर प्रश्न उठाएको छ । उसले सभामुख घर्तिको भूमिका संसदको सभामुखको भन्दा पनि माओवादी केन्द्रको पार्टीको प्रवक्ताको जस्तो भएको आरोप लगाउँदै यस्तै अवस्था कायम रहे त्यसको उपाय खोज्न पार्टी बाध्य हुने चेतावनी दिएको छ । पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व सभामुख एवम् नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सभामुखले विपक्षीहरुको आपत्ति रहँदा रहँदै कुनै पार्टीको प्रवक्ता जस्तो भएर संविधान संसोधनसहित विवादित प्रस्तावहरु अगाडि बढाउने काम गर्दा यसले सभामुखको भूमिका माथि नै प्रश्न खडा गरेको भन्दै यस्तै शैली कायम रहे एमाले चुप लागेर नबस्ने स्पष्ट पारे । उनले एमालेले सांसद सदस्यहरुको हस्ताक्षर संकलन गरेर राखेको र यस्तो रबैया कायमै रहे त्यसको प्रयोग समेत गर्न सकिने भन्दै सभामुख विरुद्ध महाअभियोग लगाउन सक्ने संकेत गरे ।नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सभामुख पार्टीको प्रवक्ता जस्तो भएर विपक्षीलाई पेल्ने शैलीमा अघि बढेको आरोप लगाउँदै यस्तो शैली कायमै रहे एमाले त्यसका विरुद्ध सबै उपाय अवलम्बन गर्न तयार रहेको बताए । उनले भने, ‘अहिले हामीले महाअभियोगको बारेमा सोचेका छैनौ तर सभामुखको रबैया यस्तै रहे त्यस बारेमा पनि अघि बढ्न सक्छौ ।’
सभामुखलाई ठेगान लगाउने एमालेको चेतावनी, माओवादी प्रवक्ता बनेको आरोप
सभामुखलाई ठेगान लगाउने एमालेको चेतावनी, माओवादी प्रवक्ता बनेको आरोप
Advertisement