३१ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र खगेन्ऽ माखिम अध्यक्ष रहेको संघीय लिम्बूवान पार्टी नेपालबीच एकता हुँदैछ । फोरमले आज जारी गरेकेा बिज्ञप्ति अनुसार भोलि एकता घोषणा हुनेछ । पार्टीको दुई तिहाई बहुमतबतबाट हालै अध्यक्ष बनेका माखिमले दुवै पार्टीको नीति, सिद्धान्त र एजेण्डा मिल्ने भएकाले एकता गर्न लागिएको बताए । पूर्वी नेपालको दश वटा जिल्लामा संघीय लिम्बूवान पार्टी सक्रिय छ ।