काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस–माओवादी गठबन्धन निर्माण भएको भएको सहमतिअनुसार प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने तयारी गरेका हुन् । यसबारे उनी पार्टीका शीर्ष नेताहरुसँगको आन्तरिक छलफलमा जुटेका छन् । उनले आजै विहान पार्टीका प्रभावशाली नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजीनामा आजै दिने कि वा केही दिन पर्खिने भन्नेबारेमा छलफल गरेका हुन् । स्रोतका अनुसार सत्तारुढ दल नेपाली काग्रेसले पहिलो चरणको निर्वाचन सकिएसँगै अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता छाड्नुपर्ने बताएपछि प्रधानमन्त्री दाहालले आजै साँझ राजीनामा दिने मनशाय बनाएका छन् । तर, उनले मधेशी मोर्चाको माँग सम्बोधन गर्नको लागि पनि संसदमा दर्ता भएको परिमार्जनसहितको संविधान संशोधन विद्येयकलाई यही जेठ ४ गते बस्ने संसद बैठकबाट पारित गराए यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सबैलाई सहभागी गराउने विश्वास लिएकाले जेठ ४ गतेपछि नै राजीनामा दिनुपर्ने राय सुझाव नेताहरुले प्रस्तुत गरेका छन् ।
कांग्रेसले भन्यो– सहमतिअनुसार आजै राजीनामा दिनुपर्छ यता काँग्रेसले आफ्नो पार्टीसँग भएको भद्र सहमति अनुसार आजै प्रचण्डले राजीनामा दिनुपर्ने बताएको छ । काँग्रेस नेता शेखर कोइरालाले पहिलो चरणको स्थानिय तहको चुनाव सकिएकाले अब सहमति अनुसार आजै प्रचण्डले प्रधानन्त्रीबाट राजीनामा दिनुपर्ने बताए । आज विहान पत्रकार पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले अब मधेसी प्रचण्डले सत्ता छाड्नुपर्ने र दोस्रो चरणको चुनाव कांग्रेसले गराउने बताए । मोर्चाको माग पनि कांग्रेसले पुरा गर्ने उनले बताए । उनले कांग्रेसको सहमति अनुसार नै प्रचण्ड अगाडी बढ्नुपर्ने र त्यसो नभए चुनाव छाड्नुपर्ने बताए ।