१ जेष्ठ,काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल तराई मधेसकै ठूलो शक्ति बनेको छ । मधेस हुँदै हिमाल र पहाडमा पनि संगठन विस्तार गरी राष्ट्रिय रुपमा राजनीति थालेको फोरम थप शक्तिशाली बनेको छ । आइतबार फोरमसँग संघीय लिम्बूवान पार्टी नेपालले एकता गरेको छ । यससँगै फोरम थप बलियो बनेको हो । फोरमको निजी सचिवालयका अनुसार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष खगेन्द्र माखिमले दुबै पार्टीबीच एकताको घोषणा गरेका हुन् ।