काठमाडौं जेठ ३–जेठ ४ गते व्यवस्थापिका संसदबाट सविधान संशोधन विधेयक पारित गराउने विषयमा राष्ट्रिय जनता पार्टी राजपा) नेपालले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्ने भएको छ ।राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाका अनुसार सभापति देउवासँग सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा तीन बजे र प्रधानन्त्री प्रचण्डसँग उनकै सरकारी निवास बालुवाटारमा पाँच वजे छलफल गर्न लागिएको हो ।प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते बस्ने संसदको बैठकबाट संशोधन विधेयक पारित गराउने प्रतिवद्धता जनाएपनि सो अनुसारको तयारी नदेखिएको कारणले राजपाका नेताहरु छलफलमा लागेका हुन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिने घोषणा गरिसकेको अवस्थामा संशोधन विधेयकलाई पनि प्रभाव पर्ने राजपाले ठहर गरेको छ । राजपाले प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यकालमा संविधान संशोधन गरियोस् भनि चाहेको छ । तर यसै साता राजिनामा दिने घोषणा गरेका कारण राजपाका नेताहरुले सकभर वैशाख ४ गते नै संशोधन पारित गराउनेमा दवाव दिने बताइएको छ ।वैशाख १७ गते नै संशोधन विधेयक पारित हुने लगभग फाइनल नै थियो तर राप्रपाका केही सांसदहरुले धोका दिएको कारण सरकार ब्याक भएको थियो तर त्यो सम्भावना अझै टरेको छैन । राप्रपाले सरकार छाडि सकेको छ । त्यस यता सरकारको तर्फबाट कुनै कुराकानी पनि भएको छैन ।यद्यपी राप्रपाले सरकार छाड्ने बेलामासंशोधन विधेयक पारित गराउनमा आफ्नो सहयोग रहने प्रतिवद्धता जनाएको थियो् अहिलेसम्मको अवस्था हेर्दा संशोधन विधेयक पारित गराउन वैशाख १७ गते जस्तो माहोला छैन ।यता राजपा पनि चुनावमा भाग लिने कि नलिने दवावमा छ । चुनावमा भाग लिनुपर्ने चौतर्फि दवाव छ । अर्कोतिर राजपाले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भनिसकेको छ, यस अवस्थामा संशोधन नगरिकन चुनावमा गए भने संघीय समाजवादी फोरम नेपालले जस्तै आलोचना हुने पनि डर छ ।जनतालाई के जवाफ दिने पनि अन्योल छ । यिनै सबै कुराको निराकरण गर्नका लागि राजपाले आज देउवा र प्रचण्डसँग छलफल गर्न लागेको बताइएको छ ।छलफल गर्नुअघि आज राजपा अध्यक्ष मण्डलको बैठक १२ बजे बस्दैछन् । देउवा र प्रचण्डसँग छुट्टा छुट्टै हुने छलफलमा के के कुरा राख्ने विषयमा एउटा धारणा बनाएर जाने बताइएको छ ।