काठमाडौं, ४ जेठ । नवगठित राष्ट्रिय जनता दलका शीर्ष नेताहरुले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । भेटमा उनीहरुले दोस्रो चरणको निर्वाचनमा भाग लिने वातावरण बनाउनको लागि सरकारले जतिसक्दो आफूहरुले उठाएका माँगहरु सम्बोधन गर्नुपर्ने भन्दै ध्यानाकार्षण गराएका थिए । आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा राजपाका शीर्ष नेता महेन्द्र राय यादवले सरकारले जतिसक्दो संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने, मधेश आन्दोलनका क्रममा बन्दी बनाईएका नेता तथा कार्यकर्ताहरुलाई रिहाई गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने र स्थानीय तहको संख्या जनसंख्याको आधारमा थप्नुपर्ने बताए । यी चार माँगहरु पूरा भएमात्रै आफूहरु निर्वाचनमा भाग लिने उनको भनाई थियो । उनले भने,“यी चार वटा माँगहरु पूरा भएनन भने हामी निर्वाचनमा जाँदैनौं, बरु निर्वाचन बिथोल्छौं ।”