काठमाडौं, ९ जेठ । सरकारले मधेसी मोर्चाको माग बमोजिम १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णयसँगै प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको छ । एमालेले स्थानीय तह थप गर्न नहुने अडान राख्दै आएपनि सोमबार हिजो बसेको मन्त्रीपरिषद् बैठकले १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको थियो । सरकारले यो निर्णय गरेसँगै प्रधानमन्त्री निवास बालुवाटामा अहिले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच छलफल भइरहेको छ ।
बालुवाटार स्रोतमा अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतको सहभागिता रहेको छ । एमालेले संख्या थप गर्न नहुने बताइरहँदा सरकारले यस्तो निर्णय गरेकाले यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।