जेष्ठ ९,काठमाडौ । निर्वाचन आयुक्त दाहालले अब राष्ट्रिय जनता पार्टीलाई उसले मागेको छाता चुनाव चिन्ह दिन नसकिने प्रष्ट पारेका छन् । राजपाको दल दर्ताबारे प्रष्ट पार्दै उनले भने, ‘राजपा भन्ने पार्टी अहिलेसम्म आयोगमा दर्ता प्रक्रियामा आएको छैन । उसलाई दर्ता गरेर चुनाव चिन्ह दिन संविधानअनुसार पनि कम्तिमा ५० दिन लाग्छ । त्योअघि उसलाई छाता चिन्ह दिएर चुनाव गराउन सकिँदैन । आयुक्त दाहालले भने, ‘राजपालाई दल दर्ता गरेर नयाँ मतपत्र छपाउँदा धेरै समय चाहिन्छ । त्यसो गर्ने हो भने जेठमा चुनाव गर्न सकिँदैन ।’