‘प्रमुख आयुक्त भन्छन्ः संख्या बढेपनि चुनाव सर्दैन, आयुक्त भन्छन्ः सकिन्न’
९ जेठ, विराटनगर । सरकारले स्थानीय तहको संख्या बृद्धि गर्ने निर्णय गरेपछि दोस्रो चरणको चुनाव हुनेमा अन्योलता भइरहेका बेला निर्वाचन आयुक्तहरुको भनाई पनि परस्पर बाझिएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनाव हुन नसक्ने बताएको केहिबेर मै बिराटनगरमा पत्रकार सम्मेदलन गरी मूख्य निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले संख्या बढेपनि चुनावको मिति हेरफेर नहुने प्रष्ट पारेका छन् । बिराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त यादवले भने, ‘अहिलेसम्म आयोगले गरेको विश्लेषण अनुसार जेष्ठ ३१ गते निर्धारण गरिएको स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मिति हेरफर हुँदैन । तर स्थानीय तहको संख्या वृद्धि गरिएका कारण प्राविधिक र व्यवस्थापकीय समस्या भने आउन सक्छ । उनले जेष्ठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारीमा आयोग जुटिसकेकाले स्थानीय तहको संख्या थपिएका क्षेत्रमा पुनः मतदात नामवाली निर्माण, निर्वाचनका लागि आवश्यक सामाग्रीको व्यवस्थापन लगायतका उत्पन्न समस्यालाई प्राविधिक रुपमा हल गरी अगाडी वढने पनि यादवको भनाई थियो । यसअघि निर्वाचन आयुक्त दाहालले सरकारले स्थानीय तहको संख्या बढाएपछि जेठ ३१ मा चुनाव हुन नसक्ने ठोकुवा गरेका थिए । उनले थपिएको स्थानीय तहको काम तल्लो स्तरदेखिनै गर्नुपर्ने भएकाले २१ दिनमात्र बाँकी रहँदाको समयमा चुनाव हुन नसक्ने बताएका थिए । यद्यपि उनले यो ब्यक्तिगत बिचार भनेका थिए ।