काठमाडौं, जेठ ९ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राजीनामा दिनुहुने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री दाहालले आफूले राजीनामा दिने जानकारी गराएको एक मन्त्रीले उज्यालो अनलाईनलाई जानकारी दिए । उहाँले संसदमा अहिले केहीबेरमा सम्बोधन गरेर राजिनामा दिने तयारी गर्नुभएको छ । सम्बोधनमा उहाँले सरकारले गरेका काम कारबाहीबारे पनि जानकारी दिनुहुनेछ ।