लितपुर, जेठ ९ – ललितपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । एमालेले मतगणना स्थगित गर्न निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेकाले गणना स्थगित भएको हो । २६ नम्बर वडासम्मको मतगणना सार्वजनिक हुँदा मेयरमा कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जनले २३ हजार ५ सय ३९ र एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले २३ हजार ३ सय ३६ मत पाउनु भएको छ ।