९ जेष्ठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा बिशेष सम्बोधन गरेर राजिनामा दिने तयारी गरेका छन् । सरकार निर्माणका नेपाली कांग्रेससंग भएको सहमति अनुसार नै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।तर, सरकारसंग रुष्ट बनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा रोक्ने सभावना बढेको छ । आज बिहान बसेको बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष ओलीले सरकार गरेको स्थानीय तह थप्ने निर्णय आफुहरुलाई मान्य नहुने बताएका थिए । र, संसद बैठक अवरुद्ध गर्ने चेतावनी समेत दिइसकेको छ ।उस्तै पनि एमालेले प्रचण्डले दोस्रो चरणको चुनाव गराएर मात्रै सत्ता हस्तान्तरण गर्नुपर्ने धारणा राख्दै आएको छ । यस्तो बेला स्थानीय तहको संख्या थप्ने निर्णयको विरोधमा एमालेले संसद अबरोध गरे प्रचण्डले सम्बोधन गर्न पाउने छैनन् र उनी अझै केहि समय सत्ता हाक्ने छन् । यद्यी एमालेले अबरोध गर्छ कि गर्दैन त्यो हेर्न बाँकी नै छ । उसो त कांग्रेसभित्र पनि प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन सम्पन्न गराउनुपर्ने आवाज उठेपछि सभापति शेरबहादुर देउवा दबाबमा छन् ।