जेष्ठ १० गते काठमाडौं : व्यवस्थापिका संसदको बैठक भोलि चार बजेसम्म लागि सूचना टाँस गरी स्थगित भएको छ। संसद बैठक सञ्चालन भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने र राजीनामा दिने भनिएपनि प्रतिपक्ष नेकपा एमालेको चेतावनीका कारण बैठक बस्न नसकेको हो।संसद बैठक बस्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले अाज दिउँशाे चार बजे सिंहदरबारबाट सम्बाेधन गर्ने हुनुभएकाे छ । उहाँले अाज जनताका नाममा सम्बाेधन गरी राजनीनामा दिने बताइएकाे छ । दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशबासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनुभयो । तर राजीनामाबारे अाफूहरुलार्इ जानकारी नभएकाे र चार बजेसम्म धैर्य गर्न अाग्रह गर्नुभयाे । स्थानीय तहको पछिल्लो पटक थपिएको संख्याको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि बैठक भोलिसम्मको लागि स्थगित भएको हो । छलफलका लागि प्रधानम्नीले बुधबार तीन दलको बैठक बोलाए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नगएपछि तीन दलको बैठक बस्न सकेन । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा विशेष सम्बोधनपछि राजीनामा दिने तयारी गरे पनि चुनावअघि सरकार परिवर्तन हुदाँ चुनाव प्रभावित हुने भन्दै एमालेले विरोध गर्दै आएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नगएपछि बुधबार तीन दलको छलफल हनु नसकेको हो । शीर्ष तीन दलबीच दोस्रो चरणको चुनाव, बजेटबारे कुरा मिलेको छैन् । यसैबीच प्रधानमन्त्री दाहालले संसद चल्न नपाएपछि सिंहदरबारबाटै राजीनामा दिन सक्ने बताइएको छ ।