काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् ।कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा पौडेलले देउवालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका हुन् ।नयाँबानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको सर्वदलीय बैठकमा एमालेले बहिष्कार गरे पनि माओवादी केन्द्र, राप्रपा, राजपा नेपालसहितका दलहरू सहभागी थिए ।माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूहरूको समर्थन देउवालाई रहेको बताए ।बैठकमा राप्रपाले सरकार गठनप्रति सहयोग गर्ने सकारात्मक आश्वासन दिएको उच्च स्रोतले जनाएको छ । यद्यपि राप्रपाले कांग्रेस, माओवादी र एमाले मिलेर सरकार बनाएमा भने आफू प्रतिपक्षमा बस्ने जनाएको छ ।राजपा नेपालले आफूहरूको माग सम्बोधन गर्नुपर्ने अडान राखेको थियो । उसले देउवाप्रति लक्षित गरेर माग जसले सम्बोधन गर्छ उसैलाई समर्थन रहेन संकेत गरेको थियो । साना दलहरूले संविधान कार्यान्वयन र सहमतीय राजनीतिलाई अगाडि बढाउन माग गरेका थिए ।