२४ जेठ, काठमाडौं। हिजो मंगलबार बिहानै शेरबहादुर देउवा भुत्भुताउँदै थिए, ‘यो फोन उठाउने किन हो, किन…?’ भन्दै ! नाता पर्ने र आदर पनि गर्नुपर्ने मान्छेसंग भेट्नु, सल्लाह लिनु स्वभाविक मानिन्छ। तर, त्यो गरेवापत राजनीतिक हिसाब-किताब मिलाउनै पर्ने व्यक्ति रिसाइदिँदा शेरबहादुर हिजो बिहानसम्म समस्यामा थिए। प्रधानमन्त्रीको उम्मेदवार बन्नुअघिबाटै राप्रपाको समर्थन लिने गरी छलफल गर्न देउवाले पशुपतिसमशेरलाई बोलाएका थिए। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ। एउटा भेट बुढानिलकण्ठमा र अर्को भेट पशुपतिको महाराजगञ्जस्थित विजयवासमा भयो। तर, यसले कुरा बिगार्यो, कमल थापासंग । हुन पनि पार्टी अध्यक्ष कमल नै हुन्। सल्लाहको वैधानिकता पनि उनैसंग रहने भयो। तर, अध्यक्ष नभए पनि पशुपतिसमशेर राप्रपाभित्र कम प्रभाव राख्ने व्यक्ति हैनन्। आज प्रधानमन्त्रीको शपथ लिँदा देउवाले आफ्नासहित माओवादी, राप्रपा र मधेसकेन्द्रित दलका कम्तिमा एक-एक भए पनि मन्त्रीलाई साथै लैजाने योजना बनाएका छन्। तर, पठाउनुपर्ने पार्टीभित्रै समस्या भएपछि लैजान्छु भन्नेले चाहेरमात्र के होला र ? फेरि कुरा बिग्रिएको कारण त्यति ठूलो होइन। ‘म पार्टी अध्यक्ष, सल्लाह पशुपति राजासंग किन ?’ भनेर कमल थापा हिजो बिहानभरि बाँउठिए। शेरबहादुरले कमलसंग कुरा गर्न सोमबाट बिहानैदेखि हो। तर, फोन उठाइदिएनन्। हिजो बिहान उनकहाँ पुगेका केही कांग्रेस नेताहरुलाई सुनाए, ‘पशुपतिसमशेरसंग डिनर खायो भनेर कमल थापा फायर भयो !’ जनआस्थाले हिजो दिउँसो पशुपति समशेरलाई सोध्यो ‘तपाईले शेरबहादुर देउवालाई भेट्नुभएको हो ?’ उनले भने, ‘क
ठूलो कुरा भयो त भाइ !’ जनआस्थाले सोध्यो, ‘अनि मन्त्रीहरु को-को पठाउने भन्ने सल्लाह भयो त ? ‘उनले भने, ‘त्यस्तो केही पनि भएको छैन।’ त्यसपछि ‘किन भेट्नुभएको त ? ‘भन्ने प्रश्नमा उनले भने, ‘मैले ज्वाइँसा’बसंग भेट्दा तपाईहरुलाई किन यत्रो चासो ?’