७ असार, काठमाडाैं । योग गुरु रामदेवद्धारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रबाट उत्पादित ६ औषधि गुणस्तर जाँचमा फेल भएका छन् ।
औषधि व्यवस्था विभागका अनुसार पतञ्जलीबाट उत्पादित औषधिहरु माइक्रोबायल टेष्ट अर्थात औषधीको गुणस्तर जाँचमा फेल भएका हुन् । जसमा आमला चुर्ण, दिव्या घसर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्या चुर्ण छन् ।विभागले गुणस्तर जाँचमा फेल भएका ब्याचका औषधिहरु विक्री रोक्न र तत्काल फिर्ता लिन पतञ्जलीलाई भनेको छ ।यसअघि पनि विभाग पतञ्जली आयुर्वेदिक केन्द्रद्धारा उत्पादित चार औषधि विक्री वितरणमा रोक लगाएको थियो । केन्द्रद्धारा उत्पादित विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण तथा सितोफलादी चुर्ण नामक चार प्रकारका औषधि न्युन गुणस्तरको भएको भेटिएको थियो ।भारतको बैगलोरस्थित माइक्रो ल्याब लिमिटेडबाट उत्पादित व्यक्टोक्लाभ नामक औषधि आइडेन्टिकल टेष्टमा फेल भएको छ ।