असार ८ प्यूठान– प्यूठान नगरपालिका ३ दैलेसिमलमा चुनावी प्रचारमा हिडेको लु १ च ३०९७ जिप (पिकअप) दुर्घटना भएको छ । नेपाली कांग्रेसको चुनावी प्रचारमा लगिएको उक्त जिप पल्टिदा वडा अध्यक्ष मिन बहादुर खड्का सहित ९ जना घाइते भएका छन् । दुर्घटनामा सुरेश विक, धन बहादुर गोतामे, सुनिता सापकोटा, शान्त बहादुर खड्का,सुरेष सुनार, रेसम गन्धर्व, ज्ञानु सापकोटा र मिन बहादुर खड्का घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ । सवै जना प्यूठान नगरपालिका वडा नं. ३ स्थानीयवासी रहेको र बिहानै चुनावीप्रचारका लागि हिडेको बताइएको छ ।