५ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।भेटवार्तापछि अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिए । ‘पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ’, प्रचण्डले भने ।सो अवसरमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि आज दुई अध्यक्षबीच छलफल भएको जानकारी दिए । भोलि बस्ने एकता समितिको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका बिषयमा विस्तृत छलफल हुने र त्यसकै तयारीका लागि दुई पार्टीका अध्यक्षबीच छलफल भएको उनले बताए ।
ओली–प्रचण्ड भेटवार्ताः पार्टी एकता र सरकारमा सहभागिताबारे छलफल बालकोटमा
ओली–प्रचण्ड भेटवार्ताः पार्टी एकता र सरकारमा सहभागिताबारे छलफल बालकोटमा
Advertisement