काठमाडौं, २४ बैशाख ।
र्वोच्च अदालतको नियमित काममा फर्किएकी छन्। सर्वोच्चले शुक्रबार महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन आदेश दिएपछि उनी शुक्रबार नै सर्वोच्चमा हाजिर भएकी थिइन्। आइतबार बिहान उनी साढे ९ बजे नै अदालत पुगेकी हुन्।कार्कीले प्रधानन्यायाधीशको आफ्नो नियमित जिम्मेवारी सम्हाल्दै न्यायाधीशहरुलाई इजलास तोकेकी छन्। उनले आइतबारका लागि आफ्नो एकल वा संयुक्त भने इजलास राखेकी छैनन्। संसदमा उनीविरुद्ध पेश भएको महाभियोग प्रस्तावविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएपछि सरकार र सत्ता गठबन्धन भने कार्कीको गतिविधिलाई ‘पर्ख र हेर’ गर्ने भएको छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आफूहरु पनि मुठभेडमा जान अनिच्छुक रहेका बताइन्।