नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रचण्ड नेतृत्व सरकारले संकटकाललाई झल्काउने गरी आफ्ना नेता कार्यकर्ता गिरफ्तार र धरपकड गरेको भन्दै त्यसको प्रतिरोध गर्न निर्देशन गरेका छन् । आज आइतबार एक विज्ञेप्ती जारी गर्दै महासचिव विप्लवले आफ्ना नेता कार्यकर्तालाई युद्धकालमा झै प्रचण्ड सरकारले झुठ्ठा मुद्धा लगाउने गरेको भन्दै त्यस्तो निरंकुश र फासीवादी कार्य रोक्न चेतावनी दिएका छन् । महासचिव विप्लवले आफ्ना नेता कार्यकर्तालाई निर्वाचन खारेज अभियानमा पछि नहटेर सक्रियतापूर्वक अघि बढ्न निर्देशन समेत दिएका छन् । ‘प्रचण्ड सरकारको दमनबाट नहडबडाउन, नआत्तिन र प्रतिक्रियावादी संसदीय चुनावको खारेज अभियानमा डट्न र राज्य आतंकको प्रतिरोध गर्न अपिल गर्दछौं ।’ महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीमा भनिएको छ