सरकारले शान्तिपूर्ण निर्वाचन विरोधी कार्यक्रम गरिरहेका आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरिरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले कडा रुपमा भत्र्सना गरेको छ ।शनिबार धादिङमा कम्युनिस्ट पार्टीका १२ नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।यसैबीच नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु तत्काल रिहाई नगरिए संघर्षमा जाने चेतावनी दिएको छ । नेकपाका सिन्धुली जिल्ला सेक्रेटरी हरिकृष्ण घिमिरे आफ्नै छोरीको आँखाको उपचारको क्रममा आउँदै गर्दा हरिवनमा र पार्टी जिल्ला सदस्य जुद्धबहादुर विक ‘जगत’, भद्रकालीबाट पार्टी कार्यकर्ता सुजन सहित तीन जनालार्इ प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न अाग्रह गरेको छ ।साथै विना कारण तत्काल रिहाईको जोडदार माग गर्दछ । तत्काल रिहाई नगरिएमा संघर्षको कार्यक्रम घोषणा गरिने प्रेश वक्तव्यमा भनिएको छ । यता चितवनमा पनि आफ्ना गिरफ्ता नेता कार्यकर्ता रिहा नगरे कडा संघषको कदम चालिने कम्युनिस्ट पार्टी चितवनले जनाएको छ ।